नियम ६२
धरौटीमा राख्न नसकिने अवस्था
  ठेगानावालाले,
(क) सूचना प्राप्त गरेपछि डेलिभरी नलिएको वा इन्कार गरेकोले डेलिभरी हुन नसकेका हुलाक वस्तुहरू,
(ख) नया“ ठेगानाको सूचना हुलाकमा नदिई नेपाल छाडी अन्यत्र ठाउ“मा गएबाट डेलिभरी हुन नसकेका हुलाक वस्तुहरू,
(ग) ठेगानावालाको मृत्यु भएको र निजका नामको हुलाकवस्तु डेलिभरी गर्न अन्य कुनै व्यक्ति नभएबाट डेलिभरी हुन नसकेको हुलाक वस्तुलाई ठेगाना हुलाकमा धरौटीमा राख्न हुने छैन ।